विदेश मुख्य समाचार

आतंककारीको आक्रमणमा भारतीय सेनाका मेजर मारिए

आतंककारीको आक्रमणमा भारतीय सेनाका मेजर मारिए

साउन १९ । भारत प्रशासित कश्मीरमा भारतीय सेनाका एक मेजर र एक जवान मारिएका छन् ।

सेनाको गाडीमा चरमपन्थीहरुले बुधबार राति अन्धधुन्ध गोली चलाएपछि उनीहरुको मृत्यु भएको अन्तर्रा्ष्ट्रिय सञ्चारमाध्यम बीबीसीको समाचार उल्लेख छ ।

मृत्यु हुनेमा मेजर कमलेश पांडे र जवान तान्जिन छुल्ठीम छन् । दक्षिण कश्मीरको शोपिया भन्ने ठाउँमा पुगेको सैनिक गाडी बन्दुकधारी चरमपन्थीको घेराउमा परेको थियो ।

प्रहरीका अनुसार बुधबार राति जाएपोरा इलाकामा चरमपन्थी रहेको सूचनाका आधारमा कारबाहीका लागि सैन्य टुकडी उक्त क्षेत्रतर्फ गइरहेको थियो । हमलामा सेनाका तीन जवान घाइते भएका छन् । घाइतेहरुलाई सेनाको ९२ बेस अस्पतालमा उपचार गरिदैंछ । त्यस्तै सेना र चरमपन्थी समूहबीच भएको दोहोरो भिडन्तमा दुई चरम्पन्थी मारिएका छन् ।

मारिनेमा हिजबुल मुजाहिद्दिन नामक आतंककारी संगठनका सदस्य रहेको र उनीहरु विभिन्न घटनामा संलग्न रहेको भारतीय प्रहरीले जनाएको छ ।

विशेष