विदेश मुख्य समाचार

अफगानिस्तानमा आतंककारीको आक्रमणमा २ अमेरिकी सैनिकको मृत्यु

अफगानिस्तानमा आतंककारीको आक्रमणमा २ अमेरिकी सैनिकको मृत्यु


साउन १९ । अफगानिस्तानको कान्दाहार सहरको एक विमानस्थलमा तालिबानले गरेको आक्रमणमा नेटो आवद्ध दुईजना अमेरिकी सैनिकको मृत्यु भएको छ ।

अफगानिस्तानमा कार्यरत नेटो सैन्य बलले बिहीबार (आज) सो जानकारी दिएको छ । त्यसैगरी, यस आक्रमणमा परी अन्य चारजना नेटो आवद्ध सैनिक घाइते भएका छन् ।

घाइते हुने सैनिक पनि अमेरिकी सैनिक नै रहेको अफगानिस्तानको राजधानी काबुलबाट प्राप्त समाचारमा जनाइएको छ । बुधबार अपराह्न भएको एक आक्रमणमा परी कान्दाहार प्रान्तमा दुई नेटो सैनिक मारिनुको साथै अन्य चार घाइते भएका आरएसले बिहीबारमात्र जानकारी दिएको छ ।

यस आक्रमणको तालिवान आतंककारी समूहले जिम्मा लिएको छ । यस आक्रमणको क्रममा अफगान नागरिकको हताहतको समाचार भने आएको छैन ।

अफगानिस्तानमा सन् २०१५ को अन्त्यदेखि नेटो सैनिक फर्किएको भनिएपनि हाल १३ हजार सैनिक भने बाँकी रहेका छन् ।

विशेष