News

बुधबार राति काठमाडौंमा भीषण वर्षा, बागमतीले बगाएर एक युवकको मृत्यु

तीनकुनेस्थित भीएस निकेतन स्कुलनजिकै बागमती किनारमा शव फेला

बुधबार राति काठमाडौंमा भीषण वर्षा, बागमतीले बगाएर एक युवकको मृत्यु

काठमाडौं । काठमाडौंको तीनकुनेस्थित भीएस निकेतन स्कुलनजिकै बागमती किनारमा एक युवकको शव फेला परेको छ । अन्दाजी ३५ वर्षीय युवकको शव बागमती किनारमा देखिएपछि प्रहरीले उद्धार गरी अनुसन्धान थालेको छ । 

बुधबार राति परेको भीषण वर्षाका कारण बागमती नदी किनारमा ती युवकलाई बगाएर ल्याएको थियो । ती युवकको मृत्युको कारण भने खुल्न सकेको छैन ।

बुधबार रातिको वर्षाका कारण नख्खु खोला एरियाका केही घर डुबानमा परेका छन् । काठमाडौंको बाफल एरियाका तल्लो क्षेत्रमा पनि पानी पसेको छ । ज्ञानोदय स्कुलको मैदानमा र तल्लो तलामा पानी पसेपछि स्कुल बन्द गरिएको छ ।

विशेष