रूखबाट लडेर वडा सदस्यको मृत्यु

साउन २० । रूखबाट लडेर त्यहाँका एकजना निर्वाचित वडा सदस्यको मृत्यु भएको छ । ५ नम्बर प्रदेशमा पर्ने सिस्ने गाउँपालिका–८ का सदस्य ५३ वर्षीया मेघलाल पुनको रूखबाट लडेर मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
बिहीबार दिउँसो घर नजिकैको रूखमा बाख्रालाई घाँस काट्दा उनी लडेकाे बताइएको छ । गम्भीर घाइते भएका पुनलाई उपचारका लागि नेपाजगञ्ज लैजाँदै गर्दा बाटोमा बिहीबार राति करिब ११ बजेतिर मृत्यु भएको आफन्तले जानकारी दिएका छन् ।
Death