विदेश

‘चाइना पाकिस्तान इकोनोमिक कोरिडोर’ कार्यान्वयनमा पाकिस्तान प्रतिबद्ध

‘चाइना पाकिस्तान इकोनोमिक कोरिडोर’ कार्यान्वयनमा पाकिस्तान प्रतिबद्ध

साउन २० । पाकिस्तानका नवनिर्वाचित प्रधानमन्त्री सहिद खक्वान अब्बासीले चीन पाकिस्तान आर्थिक कोरिडोर नामक आयोजनाको सकुशल कार्यान्वयनका लागि प्रतिबद्ध रहेको बताएका छन् ।

साथै उनले यस आयोजना अन्तर्गतका अरु सबै आयोजनाको सफल एवम् समयमै पूर्णता, कार्यान्वयन र सम्पन्नताका लागि आफैले निरीक्षण गरी अघि बढ्ने प्रतिबद्धता पनि व्यक्त गरेको समाचारमा जनाइएको छ ।

बिहीबार पाकिस्तानमा चिनियाँ राजदूतसँगको भेटवार्तापछि उनले भने, ‘यस चीन पाकिस्तान आर्थिका कोरिडोरको माध्यमबाट हाम्रो आर्थिक क्रियाकलापमा पनि बृद्धि हुने र यसका माध्यमबाट देशको अर्थतन्त्रको विकासमा पनि सहयोग पुग्नेछ ।’

बिहीबार साँझ चिनियाँ राजदूत र पाकिस्तानी प्रधानमन्त्री अब्बासीबीच द्विपक्षीय भेटवार्ता भएको थियो । सो भेटवार्ताका क्रममा चिनियाँ राजदूतले चिनियाँ प्रधानमन्त्रीका तर्फबाट उहाँलाई बधाई पनि ज्ञापन गरेका थिए ।

सो बधाई सन्देशमा चिनियाँ प्रधानमन्त्रीले अब्बासीको नेतृत्वमा दुई देशको सम्बन्ध आगामी दिनमा थप सुमधुर बन्ने भन्दै उनीसँग मिलेर काम गर्न चीन तत्पर रहेको जानकारी गराएका थिए ।

त्यस भेटका क्रममा चिनियाँ राजदूतले गएको करिब चार बर्षयता चीन र पाकिस्तानबीचको सम्बन्ध थप सुदृढ भई नयाँ उचाईमा पुगेको भन्दै आगामी दिनमा पनि यो सम्बन्धले निरन्तरता पाउने धारणा राखेका थिए ।

पाकिस्तानका नवनियुक्त प्रधानमन्त्री अब्बासीलाई चीन सरकारका तर्फबाट बधाई ज्ञापन गर्न चिनियाँ राजदूतले प्रधानमन्त्रीलाई भेट गरेका हुन् । 

CHina Pakistan

विशेष