News अर्थ मुख्य समाचार

लेखा समिति अख्तियारलाई भन्यो, आयल निगमले आर्थिक हिनामिना गर्यो कारबाही गर्नु

लेखा समिति अख्तियारलाई भन्यो, आयल निगमले आर्थिक हिनामिना गर्यो कारबाही गर्नु


साउन २० । संसदको लेखा समितिले नेपाल आयल निगमले पेट्रोल भण्डारणका लागि जग्गा किन्दा आर्थिक हिनामिना गरेको ठहर गरेको छ । समितिको आजको बैठकले यो प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई कारवाही गर्न निर्देशन दिएको छ ।

लेखा समितिले गरेको छानविनमा आयल निमगका अधिकारीले टेण्डरको नाममा कागज मिलाएर दलालसँग मिलेमतो गर्दै जग्गा किनेको भेटिएको छ । जग्गा प्राप्तीको सरकारी कम्पनीको प्रक्रिया छलेर गोलमाल रुपमा टेण्डर गर्दै झण्डै १ अर्ब रुपैयाँ कुम्ल्याएको आरोप अहिले निगमका अधिकारीमाथि छ ।

लेखा समितिले जग्गा प्राप्ति ऐनबमोजिम खरिद गर्नुपर्नेमा टेण्डरबाट गरिनुले अनियमितता भएको प्रष्ट भएको बताएको छ । विधि प्रकृयामा त्रुटी भएको ठहर समितिको छ ।

यस्तै सिधै जग्गाधनीबाट खरिद गर्नुपर्नेमा दलालबाट किन्नु र सरकारी र चलनचल्तीको भन्दा बढीमा जग्गा किनेको निश्कर्ष आधारित भएर कारवाही गर्न आयोगलाई निर्देशन दिएको छ ।

लेखा समितिले निगमले जग्गा किन्दा अपनाएको प्रक्रिया र जग्गा किन्दा स्थानीय क्षेत्रमा गरिएको सेटिङमाथिको छानविन गरेर दोषीलाई कारवाही गर्न अख्तियारलाई भनेको छ ।

विशेष