भक्तपुर नगरको सरसफाइ

साउन २१ । गाईजात्राको अवसर पारेर आज(शनिबार) भक्तपुर नगरपालिका क्षेत्रको बृहत् सरसफाइ गरिएको छ ।
नेपाल मजदुर किसान पार्टी भक्तपुर नगर समितिले आयोजना गरेको बृहत् सरसफाइमा सयौँ नागरिकको सहभागितामा रहेको थियो ।
कार्यक्रममा भक्तपुर नगरभित्रका सम्पदा, ढुङ्गेधारा, मठमन्दिर, गाईजात्रा पर्व सञ्चालन गर्ने रुट एवं टोलटोलमा सरसफाइ गरिएको थियो । सरसफाइमा सांसद डिल्लीप्रसाद काफ्ले, नेमकिपाका सचिव प्रेम सुवाल, भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति, उपप्रमुख रजनी जोशी, वडाध्यक्ष, वडासदस्य, स्थानीय विद्यालयका शिक्षक र विद्यार्थीको सहभागिता रहेको थियो ।
Bhaktapur