भरतपुरको मेयरमा रेणु दाहाल विजयी
चितवन । भरतपुर महानगरपालिकाको मेयरमा रेणु दाहाल विजयी भएकी छन् । माओवादी केन्द्र र कांग्रेसका साझा उम्मेदवार दाहालले एमाले उम्मेदवार देवी ज्ञवालीलाई हराउँदै जित हासिल गरेकी हुन् ।
भरखरै सार्वजनिक अन्तिम मतपरिणामअनुसार रेणु ४३ हजार १२७ मत प्राप्त गरी विजयी भएकी हुन् । उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा (एमाले) का देवीप्रसाद ज्ञवालीले ४२ हजार ९२४ मत प्राप्त गरेका छन् । दाहालभन्दा ज्ञवाली २०३ मतले पछाडि परेका छन् ।