News

अब मेरोजब नयाँ स्वरूपमा , यस्ताे छ नयाँ अवतार

अब मेरोजब नयाँ स्वरूपमा , यस्ताे छ नयाँ अवतार

काठमाडौं । सन् २००९ देखि नेपाली रोजगारको क्षेत्रमा स्थापित ब्राण्ड मेरोजब डट कमले आफ्नो वेवसाइट र लोगो परिवर्तन गरेको छ । अगष्ट पहिलो साता संस्थाका प्रबन्धक निर्देशक शैलेन्द्र राज गिरीले नयाँ वेवसाइट सार्वजनिक गरेका हुन् ।

नयाँ मेरोजबमा सजिलै खुल्ने वेवसाइट, काम खोज्नेहरुका लागि सहज दर्ता प्रक्रियाका साथै आकर्षक डिजाइन देख्न पाइन्छ । मेरोजब विगत ८ वर्षदेखि कामको खोजीमा रहेकाहरुलाई विभिन्न संस्थाको आवश्यकतासम्म निशुल्क पुर्याइदिने अनलाइन सेवा हो । नयाँ स्वरूपमा आउनुअघिसम्म मेरोजबमा २०,०००ं संस्था र ३५०,०००ं काम खोजिरहेका नेपाली नागरिकले आफ्नो नाम दर्ता गराएका छन् ।

नेपाली बजारमा स्थापित ब्राण्ड भैसकेको भएपनि समय र प्रविधिको गतिलाई ध्यानमा राखेर कामको खोजी गर्ने हर नेपालीसम्मको पहुँचको लागि सो परिवर्तन गरिएको गिरीले बताएका छन ।

 

mero job

विशेष