News

फेल हुने शिक्षकलाई पनि सुविधा दिन अर्थको निर्णय कुर्दै शिक्षा मन्त्रालय

फेल हुने शिक्षकलाई पनि सुविधा दिन अर्थको निर्णय कुर्दै शिक्षा मन्त्रालय

साउन २२ । परीक्षामा अनुत्तीर्ण हुने शिक्षकलाई पनि सुविधा दिने गरी ऐन संशोधन गर्ने प्रस्तावमा शिक्षा मन्त्रालय अर्थमन्त्रालयको सहमति कुरिरहेको छ। शिक्षाले असार पहिलो साता अनशन बसेका अस्थायी शिक्षकसँग अनुत्तीर्ण भए पनि सुविधा दिने गरी शिक्षा ऐन संशोधन गर्ने भनी सम्झौता गरेको थियो।

उक्त सम्झौता कार्यान्वयन नभएको भन्दै बुधबारदेखि दुई अस्थायी शिक्षक फेरि अनशनमा बसेका छन्। शिक्षामन्त्री गोपालमान श्रेष्ठले शिक्षकलाई आइतबारसम्म अर्थबाट ऐन परिवर्तन गर्न सहमति ल्याइसक्ने आश्वासन दिएको आन्दोलनकारी एक शिक्षकले बताए।

आन्दोलमा सहभागी ती शिक्षकले भने, ऐन संशोधन मात्रै हाम्रो माग होइन, भदौ ३ मा हुने परीक्षा पनि सार्नुपर्छ। शिक्षाले यही प्रस्ताव पठाउँदा अर्थले असार २५ को निर्णय भन्दै सहमति दिन अस्वीकार गर्दै पत्र पठाएको थियो ।

कान्तिपुर

विशेष