News मुख्य समाचार

सप्तरीमा बम विष्फोट ४ प्रहरी घाइते

सप्तरीमा बम विष्फोट ४ प्रहरी घाइते


साउन २२ – सप्तरीको सुरुङ्गा नगरपालिका–६ श्रीपुरमा प्रहरी भ्यानलाई लक्षित गरी बम बिस्फोट हुँदा चारजना प्रहरी घाइते भएका छन् ।

शनिबार राति गस्तीमा रहेको प्रहरी टोलीको बा १ झ ७३९२ नम्बरको प्रहरी भ्यानलाई लक्षित गरी श्रीपुरमा प्रेसर कुकर बमबाट बनाइएको एम्बुस बिस्फोट भएको हो ।

बिस्फोटनमा परि प्रहरी निरीक्षक राजेन्द्र यादवसहित चारजना प्रहरी घाइते भएका छन् । घाइतेमध्ये प्रहरी निरीक्षक यादवको अवस्था गम्भीर रहेको सप्तरीका एसपी मुकेशकुमार सिंहले जानकारी दिए । घाइते सबैको लहान अस्पतालमा उपचार भइरहेको छ । भ्यानमा १२ जना प्रहरी रहेकोमा अरु ८ जनालाई भने चोट लागेको छैन ।

विशेष