रुसको हीरा खानीमा पुरिएर आठ मजदुरको मृत्यु
साउन २२ । रुसको एक हीरा खानीमा पुरिएर हराइरहेका आठ जना मजदुरमध्ये एक सय ३५ जनाको उद्धार गरिएको छ ।
उनको अवस्था गम्भीर रहेका कारण अस्पताल भर्ना गरिएको छ । रुसको सबैभन्दा ठूलो हीरा खानीमा आएको बाढीमा आठ जना मजदुर हरएका थिए ।
खानीको बीचमा बनाइएको भूमिगत क्षेत्रमा एक सयभन्दा बढी कामदार काम गरिरहेको अवस्थामा बाढी आएको हो । बाढीमा फसेका १ सय ४२ कामदारमध्ये १ सय ३४ जनाको जिउँदै उद्धार गरिएको थियो ।
रुसमा हालै आएको बाढीले उक्त खानी पुरै बगाएको थियो । हराइरहेका अन्य सात जनाको भने खोजी जारी रहेको अधिकारीहरुले बताएका छन् ।