News

चार बालिकाको शव सडकमा राखेर प्रदर्शन

चार बालिकाको शव सडकमा राखेर प्रदर्शन


साउन २२ । रौतहटमा चार जना बालिका खाल्डोमा डुबेर ज्यान गुमाएपछि गरुडाका स्थानीय आक्रोशित बनेका छन् ।

उनीहरु चारै जनाको शव इलाका प्रहरी कार्यालय गरुडामा राखेर प्रदर्शन गरिरहेका छन् । सडक डिभिजन कार्यालय र ठेकेदारको लापरबाहीका कारण अबोध चार बालिकाको ज्यान गएको भन्दै आफन्त र स्थानीयहरुले कारबाहीको माग गर्दै प्रदर्शनमा उत्रिएका हुन् ।

हिजो रौतहटको गरुडामा सडक विभागले बनाएको खाल्डोमा जमेको पानीमा डुबेर चार बालिकाको निधन भएपछि स्थानियबासी आक्रोशित भएका हुन् ।

विशेष