News मुख्य समाचार

जग्गा खरिदका दोषीलाई कारबाही गरेरै छाड्ने मन्त्री मण्डलको प्रतिवद्धता

जग्गा खरिदका दोषीलाई कारबाही गरेरै छाड्ने मन्त्री मण्डलको प्रतिवद्धता


विराटनगर । आपूर्ति मन्त्री शिवकुमार मण्डलले संविधानलाई कार्यान्वयन गर्ने जिम्मेवारी सरकारको काँधमा रहेको बताउएका छन् ।

प्रेस सेन्टर नेपालद्वारा विराटनगरमा आयोजित बधाई तथा शुभकामना कार्यक्रममा मन्त्री मण्डलले राष्ट्रिय जनता पार्टी (राजपा) लाई निर्वाचनमा सहभागी गराउन सक्यो भने सरकारका लागि ठूलो सफलता हुनेछ ।

संविधानलाई सर्वस्वीकार्य बनाउन अघिल्लो सरकारले सुरु गरेका कार्यलाई निरन्तरता दिँदै राजपालाई निर्वाचनमा सहभागी गराउन सरकार प्रतिबद्ध रहेको उल्लेख गरे । आगामी माघ ८ गतेभित्रै प्रदेश र संघीय संसद्को निर्वाचन गराउन सरकार गम्भीर रहेको उनको भनाइ थियो ।

नेपाल आयल निगमद्वारा खरिद गरिएको जग्गा प्रकरणको सम्बन्धमा बोल्दै उनले कानूनी रुपमा जे जस्तो देखिए पनि व्यावहारिक रुपमा बढी मूल्यमा जग्गा खरिद गरिएको देखिएकाले त्यस्ता गलत प्रवृत्तिको विरुद्धमा आफूले कडा कारवाही गराएर छाड्ने दृढता व्यक्त गरे ।

दशैंँ तिहारको समयमा अतिआवश्यक वस्तुको कृतिम अभाव र मूल्य बढ्न नदिन सरकार गम्भीर रहेको प्रसंग उल्लेख गर्दैे कृत्रिम अभावलाई नियन्त्रण गर्न कडा अनुगमन गरिने बताए ।

कालोबजारीलाई नियन्त्रण र दण्डित गर्न ऐन संशोधनको प्रक्रिया अगाडि बढाइएको जानकारी दिए ।
नेशनल टे«डिङ लिमिटेड धराशायी अवस्थामा रहेकाले यसलाई नयाँ रुपमा ढाल्न मन्त्रालयले ठोस कदम चाल्ने मन्त्री मण्डलको भनाइ थियो ।

 

विशेष