News मुख्य समाचार

आज २० जिल्लामा सार्वजनिक विदा (विज्ञप्तीसहित)

आज २० जिल्लामा सार्वजनिक विदा (विज्ञप्तीसहित)


काठमाडौं । सरकारले आज केहि जिल्लामा सार्वजनिक विदा दिएको छ । गृह मन्त्रालयले आइतबार अबेर एक विज्ञप्ति जारी गर्दै रक्षा बन्धन पर्वका लागि तराईका २० जिल्लामा सार्वजनिक विदा दिने निर्णय सुनाएको हो ।

विदा हुने जिल्लामा पूर्वको झापादेखि पश्चिमको कञ्चनपुरसम्म रहेका छन् ।

सार्वजनिक विदा हुने जिल्लाहरुमा झापा, मोरङ, सुनसरी, सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, रुपन्देही, नवलपरासी, कपिलवस्तु, बाँके, बर्दिया, कैलाली, दाङ, कन्चनपुर, उदयपुर रहेका छन् ।

अरु जिल्लामा भने पञ्चाङ्ग समितिको निर्णय भन्दै नागपञ्चमिको दिन नै जनै फेर्ने र रक्षाबन्धन लगाउने काम गरिएको थियो । सोमबार चन्द्र ग्रहण परेको भन्दै पन्चमीको दिन रक्षाबन्धन मनाउन लगाइएको थियो ।

 

विशेष