News

पहिरोमा ८ घर पुरिए पाँच बेपत्ता

पहिरोमा ८ घर पुरिए पाँच बेपत्ता


रसुवा । रसुवाको उत्तरगया गाउँपालिका–४ पैरेबेसीमा गएराति पहिरो गएर ८ घर पुरिँदा ५ जना वेपत्ता भएका छन् ।

पहिरोमा परेका ४ जनालाई घाइते अवस्थामा उद्धार गरिएको छ । घाइेतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको उद्धारमा खटिएका सेनाले जनाएका छन् ।
वेपत्ताको खाजी र उद्धार कार्य भइरहेको रसुवाका प्रमुख जिल्ला अधिकारी चोमिन्द्र न्यौपानेले जानकारी दिएका छन् ।

आइबार राति ११ बजे आएको पहिरोमा पर्नेहरुको उद्धार गर्न नुवाकोटको श्रीनाथ गणबाट सेनानी रमेश गुरुङको नेतृत्वमा २५ जना सेनाको टोली घटनास्थल गएको थियो । केहीको रातिनै उद्धार गरिएको र बिहान पुन उद्धार र बेपत्ताको खाजी सुरु गरिएको प्रमुख सेनानी रोहति गुरुङले बताए ।

विशेष