News अपराध सुरक्षा

नेपाली सेनाले प्रक्रिया मिचेर ठेक्का स्वीकृत गरेको खुलासा

नेपाली सेनाले प्रक्रिया मिचेर ठेक्का स्वीकृत गरेको खुलासा


काठमाडौं । नेपाली सेनाले शान्ति मिसनका लागि जेनेटर खरिद गर्दा खरिद प्रक्रियाको स्थापित मापदण्ड उल्लघंन गर्दै योगयता नपुगेको कम्पनीलाई ठेक्का दिइएको पाइएको छ । सेनाले साउन ९ मा करिब दस करोड रुपैयाँ बराबरको जेनेटर खरिदका लागि काठमाडौँस्थित मुक्तिनाथ कन्सर्नलाई छनोट गरेको थियो ।

सो कम्पनीलाई ठेक्का दिँदा कुनै निश्चित कम्पनीलाई ठेक्का पार्न आशयपत्र नै केरमेट गरेर संशोधन गरेको खुलासा भएको छ । सेनाले निश्चित कम्पनीलाई ठेक्का पार्न आशयपत्र नै संशोधन गरेको देखिएको कागजात प्राप्त गरेको छ ।

नेपाली सेनाले शान्ति मिसनका लागि साउन एक गते ९ करोड ७८ लाख रुपैयाँको जेनेटर खरिदको बोलपत्र आह्वान गरेको थियो ।

नागरिक

विशेष