विदेश

अफगानिस्तानमा आतंकारीको निशानामा सर्वसाधारण, ५० को निर्मम हत्या

अफगानिस्तानमा आतंकारीको निशानामा सर्वसाधारण, ५० को निर्मम हत्या


अफगानिस्तान । अफगानिस्तानको सारीपुल प्रान्तमा भएको चरमपन्थी आक्रमणमा कम्तीमा ५० जना सर्वसाधारणको मृत्यु भएको छ । मारिनेमा महिला र बालबालिकासमेत छन् ।

सारीपुल प्रान्तको मिर्जावालाङ्ग क्षेत्रस्थित एक सुरक्षा चौकीलाई चरमपन्थीहरुले निशाना बनाएका थिए । यो चौकीको नेतृत्व स्थानीय पुलिस नै लिएका थिए ।
सुरक्षा चौकीमा आक्रमण गरेपछि चरमपन्थीहरुले गाउँमा रहेका सिया मुसलमानलाई निशाना बनाउन शुरु गरेका थिए । उनीहरुले नजिकका घरमा आगोसमेत लगाइदिएका थिए ।

यसैबीच अफगानिस्तानका राष्ट्रपति असरफ घानीले चरमपन्थी आक्रमणको निन्दा गर्दैे महिला र बालबालिकासहित सर्वसाधारणलाई निशाना बनाएर मानवअधिकारको घोर उल्लंघन र युद्ध अपराध गरेको आरोप लगाएका छन् ।

विशेष