विदेश

दुई पत्रकारको हत्या

दुई पत्रकारको हत्या


फिलिपिन्स । फिलिपिन्समा दुई छुट्टाछुट्टै घटनामा दुई दिनमा दुई जना पत्रकार मारिएका छन् ।

यो घटनाले फिलिपिन्स पत्रकारका लागि विश्वमै अन्त्याधिक धेरै खतरा भएको मुलुकका रुपमा चिनिन लागेको अधिकारीहरुले सोमबार बताएका छन् ।

पछिल्ला दुई घटनामा प्रसारक रुदी अलिकावे र स्तम्भकार लिओ दिअजलाई गोली हानी हत्या गरिएको फिलिपिन्सको राष्ट्रिय पत्रकार सङ्घकी महासचिव दावेत पानेलोले जानकारी दिए ।

गत बर्ष राष्ट्रपति रोद्रिगो दुटेर्तेले कार्यभार सम्हालेपछि पत्रकारहरुको हत्या भएको यो तेस्रो र चौथो घटना भएको पनि बताए ।  दुवै घटनामा पीडितहरु मोटरसाईकलमा रहेको र अर्को मोटरसाईकलमा आएका बन्दुकधारीले उनीहरुलाई गोली हानी हत्या गरेका थिए ।

विशेष