News

उच्च मूल्य कृषि विकास आयोजनाद्धारा जाजरकोटमा सेवा क्षेत्रको नक्सांकन

उच्च मूल्य कृषि विकास आयोजनाद्धारा जाजरकोटमा सेवा क्षेत्रको नक्सांकन

दीपबहादुर घर्ती

साउन २४ । उद्योग वाणिज्य संघ, जाजरकोटको आयोजनामा उच्च मूल्य कृषि विकास आयोजनाले जाजरकोटमा सेवा क्षेत्रको नक्सांकन गरिरहेको छ । बहु सरोकारवालाहरुको गोष्ठी तथा अन्तरक्रिया कार्यक्रमको आयोजना गरेर उच्च मुल्य कृषि बिकास आयोजनाले जाजरकोटमा सेवा क्षेत्रको नक्सांकन गरिरहेको हो ।

सन् २०१३ देखि २०१८ सम्मको लागि जिल्लामा सञ्चालन भएको उच्च मूल्य कृषि विकास आयोजना दुई को लागि सेवा क्षेत्रको नक्सांकन गर्ने गरिरहेको उद्योग वाणिज्य संघ, जाजरकोटका अध्यक्ष कमानबहादुर खड्काले जानकारी दिए । साथै उनले उच्च मूल्य कृषि विकास आयोजना दुई सन् २०१८ देखि २०२३ सम्म सञ्चालन हुने जानकारी दिए ।

हाल सम्म जिल्लामा बेमौसमी तरकारी, टिमुर, बेसार र बाख्राको मूल्य श्रृङखलामा काम गरिरहेको उच्च मूल्य कृषि बिकास आयोजनाले आगामी चरणमा मह, दुध डेरी लगाएतका मूल्य श्रृङखला थप गर्ने अध्यक्ष खड्काले जानकारी दिए । आयोजनाको क्षेत्र नक्सांकन पूर्व आयोजित बहु सरोकारवालाहरुको गोष्ठी तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति, जाजरकोटका प्रमुख मनबहादुर रावलल उच्च मूल्य कृषि बिकास आयोजना जनमुखी हुन नसकेको वताए । उनले आयोजनालाई जनमुखी बनाउनु पर्नेमा जोड दिए ।

त्यसैगरी सेवा क्षेत्र नक्सांकन र मूल्य श्रृङखला छनौट गर्न स्थानिय तहमासंग समन्वय गरेर जानु पर्ने त्रिवेणी नलगाड नगरपालीकाका प्रमुख टेकबहादुर रावलले बताए । स्थानिय तहसंग समन्वय नगरेर समुह, सहकारी र प्राईभेट कम्पनीसंग समन्वय गरेर अगाडी बढ्ने कुनै पनि आयोजनालाई आफ्नो नगरपालिकामा काम गर्न नदिने प्रमुख रावलले बताए ।

किसानहरुलाई नाफामुखी र व्यवसायिक बनाउन नसकिएता पनि बारीमा तरकारी उत्पादन गरेर भान्सामा तरकारी पकाएर खाने बानीको बिकास गराउनुपर्ने बारेकोट गाउँपालिकाका अध्यक्ष महेन्द्र शाहले बताए । उनले जिल्ला भित्रै पर्ने बारेकोट र जुनीचाँदे गाउँपालिकाका किसानहरुलाई आफ्नै बारीमा तरकारी उत्पादन गरेर तरकारी खाने बानीको बिकास गराउन उच्च मूल्य कृषि बिकास आयोजना २ बारेकोट र जुनीचाँदे गाउँपालिकामा जानु पर्नेमा जोड दिए ।

जिल्लामा सन् २०१३ देखी सञ्चालन भएको उच्च मूल्य कृषि बिकास आयोजनाको नाम नै पहिलो पटक आफूले सुनेको जुनीचाँदे गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर केसीले वताए । आर्थिक हिसावले बिपन्न नागरिकलाई व्यवसायिक बनाएर गरिबी न्युनीकरण गर्ने उदेश्य राख्ने आयोजनाहरु जिल्लाका दुर्गम स्थलमा पुग्नु पर्ने अध्यक्ष केसीले धारणा राखेका थिए ।

समुह, सहकारी र निजी कम्पनी तथा फर्महरुको व्यवसायिक योजनाका आधारमा लगानी गर्दै आएको उच्च मुल्य कृषि बिकास आयोजनाले आगामी चरणमा नतिजामुखि बनाउनका लागि स्पष्टता र पारदर्सी बनाउनेमा आफूहरुले जोड दिने रन्जीत थापाले बताए । आयोजनाले उत्पादनकर्ता, आपूर्तीकर्ता, प्रशोधनकर्ता र उपभोक्ता सबैको बृहतर हितमा काम गर्ने थापाको दावी छ । उनले आयोजनाको सेवा क्षेत्र भित्रका सवैको क्षमता विकास गराएर सेवा खरिद र विक्री गर्ने परिपाटीको विकास गर्ने गराउने बताए ।

बहु सरोकारवालाहरुको गोष्ठी तथा अन्तरक्रिया कार्यक्रम पश्चात गरिको सेवा क्षेत्र नक्सांकनको पहिलो दिन बेमौसमी तरकारीको मूल्य श्रृङखलाको सेवा क्षेत्र नक्सांकन गरिएको केशव काकीले जानकारी दिए । त्यसैगरी नक्सांकनको दोश्रो दिन खसी बोका मूल्य श्रृङखलाको सेवा क्षेत्र नक्सांकन गरिएको दामोदर न्यौपानेले जानकारी दिए ।

jaajarkot

विशेष