खाल्डाखुल्डी पुर्दा पैसा सकिन्छ भन्ने मेयरसाबको १ करोड ३० लाख पर्ने गाडीको विशेषता यस्ता छन्
साउन २४ । काठमाडौं महानगरका मेयर विद्यसुन्दर शाक्यले निर्वाचन जित्नु अघि एक सय दिनमा गर्ने १०१ कामको सूची सार्वजनिक गरेका थिए । त्यो १०१ काम मध्येमा एक थियो – मेलम्ची आयोजना लगायत अन्य कारणबाट सडकमा देखिएका खाल्डाखुल्डीहरु पुर्ने, विशेष प्रविधिको प्रयोग गरि धुलो र खाडलरहित सडक निर्माण गर्ने ।
काठमाडौंका खाल्डामा बालबालिका डुब्ने, मृत्यु हुने जस्ता घटना भएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले १५ दिनमा खाल्डाखुल्डी पुर्न निर्देशन दिए । यता काठमाडौं महानगरका मेयर विद्यासुन्दर शाक्यले भने बर्षामा खाल्डाखुल्डी पुर्दा खेर जाने भन्दै मितव्यीताको ढोंङ रचे । खाल्डा खुल्डी पुर्दिनँ नै भने । जबकी उनको १०० दिने कार्ययोजनामै खाल्डा खुल्डी पुर्ने थियो ।
खाल्डा नपुरेर पैसा जोगाउन खोज्नेले शाक्यले आफ्ना लागि, अरु जनप्रतिनिधिहरुका लागि ३० हजार भन्दा बढीको विलासी मोबाइल सेट, फोन खर्चको प्रबन्ध गरिसकेका छन् । महानगरमा कन्डीसनका गाडी हुँदा हुँदै आफ्नो लागि १ करोड ३० लाखको टोयटो फच्र्यूनर र आफ्नी उपमेयरका लागि ८५ लाखको विलासी गाडीको व्यवस्था पनि गरिसकेका छन् ।
मेयर शाक्यले आफ्नो लागि किनेको टोयटा फच्र्यूनर फुल फंक्सन आधुनिक र सबैखाले विलासी सुविधायुक्त गाडी हो । यो चार सिलिन्डरको छ । २९८२ सिसीको यो गाडीमा त्यस्ता सबै विलासी सुविधा छन् जुन आमरुपमा महंगा गाडीमा हुने गर्छ । डिजेलबाट चल्ने यो गाडीको माइलेज करीब १५ किलोमिटर प्रतिलिटर छ । पाँच ढोका हुने यो गाडीमा सात जना सवार हुन सक्छन् ।