विदेश

काकाद्वारा बलाकृत १० वर्षिया बालिका गर्भवती ! सर्वोच्च अदालतले भन्यो गर्भपतन गर्न पाउँदैनैं

काकाद्वारा बलाकृत १० वर्षिया बालिका गर्भवती ! सर्वोच्च अदालतले भन्यो गर्भपतन गर्न पाउँदैनैं


भारत । भारतमा आफ्नै काकाबाट बलात्कृत भएर गर्भवती भएकी एक १० वर्षीया बालिकालाई गर्भपतनको लागि गरिएको अपिल भारतिय सर्वोच्च अदालतले खारेज गरिदिएको छ ।

भारतको चंडिगढस्थित कक्षा ६ मा पढ्दै गरेकी ती बालिका (नाम नखुलाइएको) लाई आफ्नै काकाले बलात्कार गरेपछि उनी गर्भवती बनेकी थिइन् । गर्भपतनको लागि सर्वौच्च अदालतमा दिइएको आवेदनलाई खारेज गरिदिएको बीबीसीले उल्लेख गरेको छ ।

अहिले ती बालिका भारतीय सन्चारमाध्यममा चर्चाको विषय बनेपछि उनकी बुबाले कसैको दुर्भाग्यले पत्रकारलाई फाइदा पुग्ने आरोप लगाएका छन् । ती बालिकाले आफ्नो पेट दुखेको बताएपछि उनका बाबुले परिक्षणको लागि अस्पताल लिएर गएका थिए । परिक्षण पछि उनी गर्भवति भएकी पत्ता लागेका थियो ।
ती बालिकाको मुद्धा हेरिरहेका वकिलले अदालतसमक्ष गर्भपतनको लागि आवेदन दिएका थिए । तर, चिकित्सकहरुले ती बालिकाले गर्भाधारण गरेको ३२ हप्ता भैसकेकोले गर्भपतन गर्न उच्च जोखिम भएको रिर्पोट दिएपछि सर्वोच्च अदालतले उक्त आवेदनलाई खारेज गरिदिएको हो ।

रिर्पोटमा ती बालिकाको गर्भाशयमा भ्रुणहरु स्वस्थ रहेको र उनको शारीरिक अवस्थासमेत सामान्य रहेकोले गर्भपतन गर्नु बालिकाको स्वास्थ्य झन बिग्रने उल्लेख छ । तर, मनोचिकित्सकहरुले ती बालिका निर्दोष र हँसिलो देखिएपनि उनका मानसिक स्वास्थ्य कमजोर भएको बताएका छन् । भारतीय कानुनअनुसार २० हप्ताभन्दा बढी समयको गर्भवति महिलाले गर्भपतन गर्न अदालतको आदेश लिनुपर्ने प्रावधान रहेको छ ।

चिकित्सकहरुले आगामी सेप्टेम्बरमा बच्चा जन्मिने बताउँदै ’सिजेरियन’ विधिमार्फत डेलिभरी गर्ने योजना बनाएका छन् । तर, त्यस समय अगाडी कुनैपनि जोखिम आउन सक्ने भन्दै चिकित्सकहरुले ती बालिकाको निगरानी गरीरहेको सर्वोच्च अदालतले उल्लेख गरेको छ ।

ती बालिकाबाट जन्मिने बच्चालाई नवजात शिशु कल्याण समितिको निगरानिमा कुनै एक परिवारलाई पाल्न दिइने बालिकाको परिवारले बताएका छन् ।
बालअधिकार कार्यकर्ताहरुले ती बालिकाको साथ मानसिक रुपमा दबाब पर्ने कुनै कार्य नहोस् भनेर सर्तक रहेको बताएका छन् । साथै उनले अझै बच्चा जन्माउन सक्छिन् भन्ने विषयमा आफुहरु ढुक्क हुन नसकेको बताएका छन् ।

ती बालिकालाई बलात्कार गर्ने उनकै काका अहिले जेलमा सँजाय भोगिरहेका छन् । तर, ती बालिकाका बुबाले गम्भीर प्रकारको सँजायको माग गरीरहेका छन् । उनले भने, ‘म चाहान्छु मेरो छोरीको यो अवस्था बनाउने अपराधिलाई मृत्युदण्ड दिइयोस् ।’

विशेष