News

खोलाले बेपत्ता बनाएका एक जना मृत अबस्थामा फेला

गाँउमा डाक्टर नहुँदा पोष्टमार्टमका लागी दुई दिन पैदलै बोकेर सदरमुकाम ल्याउन बाध्य

खोलाले बेपत्ता बनाएका एक जना मृत अबस्थामा फेला

दीपबहादुर घर्ती

काठमाडौं । जाजरकोटको बारेकोटमा ढाढखोला तर्ने क्रममा सोमवार बेपत्ता भएका एक जना मृत अवस्थामा फेला परेका छन् । बारेकोट गाँउपालिका १ रामीडाँडाका ५० बर्षिय धनबहादुर बुढा मंगलवार मृत अवस्थामा फेला परेका हुन् ।

खोलामा पुल नभएकोले तर्ने क्रममा उनलाई बेपत्ता बनाएको प्रहरीले जनाएको छ । स्थानिय बासिन्दा र प्रहरीले खोजी गर्दा खोला तर्न खोजेको ठाँउ भन्दा दुई सय मिटर तल लास भेटिएको हो ।

स्थानिय लिम्सा प्राथमिक स्वास्थ्य केन्द्रमा चिकित्सक नहुँदा दुई दिनको पैदल बोकेर लासको पोष्टमार्टमका लागी सदरमुकाम खलंगा ल्याउने तयारी भैरहेको स्थानिय कालीप्रसाद थापाले जानकारी दिए । पोष्टमार्टम गर्ने पर्ने कानुनी बाध्यताका कारण लासलाई अफ्ठयारो बाटोमा दुई दिन पैदलै बोकेर स्थानिय ल्याउन बाध्य भएको थापाको भनाई छ ।

विशेष