News

यात्रु सेवाका लागि अब स्पार्क कार

यात्रु सेवाका लागि अब स्पार्क कार

काठमाडौं । केही समयअघि टुटल सेवा खुब चर्चामा आयो । भुकम्प पछि सुरुवात भएको यस सेवाले यात्रुहरूलाइ मोसरसाइकल र स्कुटरमार्फत यात्रुलाई सेवा दिँदै आइरहेको छ । त्यस्तै अब गाडीमार्फत सेवा दिनका लागि अब स्पार्क कार सञ्चालनमा आएको छ ।

ओखलढुंगाबाट अध्ययनको लागि राजधानी छिरेका रोशन घिमिरेले यो नयाँ कामको सुवात गरेका हुन् । व्यवस्थापनमा स्नाकोत्तर गरेका घिमिरेले नेपालमै यस्तो सेवा पहिलो पटक सुचारु गरेको दाबी गरेका छन् ।

मध्यरातमा बिरामी भए, कुनै गन्तव्यमा जानु पर्दा पैसा या सवारी साधन नभएमा, आफ्नो सवारी भएर ड्राइभर नभएमा जुनसुकै समय र जुनसुकै लोकेसनबाट पनि या सेवा लिन सकिन्छ ।

यस सेवा लिनको लागि कम्पनीले हटलाइनको व्यवस्था त गरेको छ नै, स्पार्क कारको फेसबुकमा गएर बुकिङसमेत गर्न सकिने व्यवस्था पनि छ । त्यहाँको फेसबुक एपमा गएर बुकिङमा क्लिक गरेपछि लोकेसन र नम्बर इन्ट्री गरेपछि सेवा दिनको लागि पफोन आउँछ । मोबाइल एप बनाउने तयारीमा रहेको कम्पनीले अहिले फेसबुकबाट बुक गर्न सकिने व्यवस्था गरेका छ ।

घिमिरेकाअनुसार, आफ्नै सवारी साधन भएपनि बिरामी परेर या अन्य कारणले सवारी चलाउन नसकेको अवस्थामा उपभोक्ताको चाहनाअनुसार सेवा दिने बताएका छन् । उपत्यका बाहिर भ्रमण, विवाह, पार्टी लगायतमा पनि सेवा प्रदान गर्ने कम्पनीले जनाएको छ ।

हाल काठमाडौंमा सञ्चालन सुरु गरिएको यस सेवालाई राजधानी बाहिर विराटनगर, पोखरा लगायतका ठूला सहरमा पनि विस्तार गर्ने योजना रहेको घिमिरेको भनाई छ । विगतमा भाडामा सवारी साधन उपलब्ध गराउँदै आएको यस कम्पनीले अहिले ड्राइभर, सवारीसाधनको सेवा प्रदान सुरु गरेको हो । अरुको तुलनामा सस्तो र प्रभावकारी सेवा प्रदान गर्ने कम्पनीले अहिले ड्राइभर सपारीसमधनको सेवा प्रदान गरेको हो ।

यस संस्थामार्फत अहिले करिब ५० जनाले रोजगारी पाइरहेका छन् । ड्राइभरको भाडा एकदिनको हजार रुपैयाँ, उपत्यकाको जुनसुकै कुनामा जानको लागि पनि हजार रुपैयाँ शुल्क लिइने घिमिरेको भनाइ छ । उक्त कम्पनीसँग ३० सवारी साधन र करिब ५० ड्राइभर स्टान्डबाई राखिएको छ ।

spark car

विशेष