News मुख्य समाचार

डोक्लम विवादमा नेपाल तटस्थ बस्ने

डोक्लम विवादमा नेपाल तटस्थ बस्ने


काठमाडौं । भारत सीमा क्षेत्रको तनावमा नेपालले पूर्णरूपमा तटस्थ रहने रणनीति लिएको छ । चीन-भारतबीच सन् १९६२ मा सीमायुद्ध हुँदा पनि नेपाल तटस्थ बसेको थियो । अहिले पनि दुई छिमेकी बीचको तनावमा सोही रणनीति अख्तियार गरेको छ ।

चीन, भुटान र भारतबीच डोक्लाम क्षेत्रमा देखिएको तनावमा नेपालले कुनै पक्षको समर्थन गरेको छैन । भारत र चीनबीचको सीमा विवाद शान्तिपूर्ण रूपमा समाधान होस् भन्ने पक्षमा नेपाल रहेको उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले बताए । डोक्लाममा देखापरेको चीन-भारत सीमा विवादमा नेपालको स्पष्ट नीति छ ।

यो विषय शान्तिपूर्ण कूटनीतिक तरिकाले वार्ताको माध्यमबाट समाधान होस् भन्ने चाहन्छौं । नेपालको दृष्टिकोण यही होु, महराले सोमबार मन्त्रालयमा पत्रकारसँग भने ।महराले भारत र चीनबीच युद्ध होस् र युद्धको माध्यमबाट समास्याको हल खोजियोस् भन्ने पक्षमा नेपाल नरहेको स्पष्ट पारे ।

अन्नपूर्ण

विशेष