विदेश

चीनमा ७.० रेक्टरको भुकम्प !

चीनमा ७.० रेक्टरको भुकम्प !

काठमाडौं । उत्तरी चीनको सिचुवानमा ७.० रेक्टरको भुकम्प जाँदा १३ जनाको मृत्यु भएको छ भने कयौँ घाइते भएका छन् । मृत्यु हुनेको संख्या अझै बढ्दै जाने स्रोतले बताउँछ ।

भुकम्पको केन्द्रबिन्दु पर्यटकहरुको संख्या बढि भएको ठाउँमा परेको हुनाले मृत्युको संख्या बढ्ने अनुमान गरिएको हो । सिचुवान क्षेत्र भुकम्पमा बढि उन्मुख भएको मानिन्छ । सन् २००८ मा त्यहाँ केन्द्रबिन्दु बनाएर गएको भुकम्पमा ७० हजार मानिसको मृत्यु भएको थियो ।

चीनको ‘नेसनल कमिसन फर डिजास्टर रिडक्स्न’ ले जनाएअनुसार १०० को मृत्यु भएको अनुमान लगाइएको छ भने १३०,००० घरहरु नष्ट भएका छन् । चीनको सञ्चारमाध्यमले जनाएअनुसार मृत्यु हुनेहरुमध्येमा पर्यटकहरुको संख्या बढि रहेको पाइएको छ ।  भुकम्पको धक्का ७०० किमी टाढा रहेको चेङ्डु र जीयानमा पनि परेको बताइएको छ ।

China

विशेष