विदेश

उत्तर कोरियाको खतरनाक कदम, अमेरिकी सैन्य अखडामा आक्रमण गर्ने योजना

उत्तर कोरियाको खतरनाक कदम, अमेरिकी सैन्य अखडामा आक्रमण गर्ने योजना


एजेन्सी । उत्तर कोरियाले अमेरिकाको सैन्य अखडालाई निशाना बनाएर हमलाको योजना बनाइरहेको तथ्य बाहिर आएको छ ।

उत्तर कोरियाले अमेरिकाको गुआम सैन्य बेसमाथि आक्रमणका लागि योजना बनाइरहेको तथ्य प्रकाशमा आएको हो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियामाथि हमलाको चेतावनी दिएपछि उत्तर कोरियाका तर्फबाट पनि हमलाका लागि योजना बनिरहेको तथ्य विभिन्न संचारमाध्यमले प्रकाशमा ल्याएका छन् ।

यसअघि उत्तर कोरियाले अमेरिकालाई आफूमाथि लगाइएको प्रतिबन्धको हिसाब चुक्ता गर्नुपर्ने चेतावनी दिएको थियो । उत्तर कोरियाको सरकारी समाचार एजेन्सी ‘केसीएनए’का अनुसार उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनले लामो समयदेखि स्थगित योजनालाई सुरु गर्न आदेश दिएको कोरियाली पिपुल्स आर्मीका प्रवक्ताले जनाएका छन् ।

अमेरिकाको गुआम सैन्य अखडा उत्तर कोरियाबाट करिब दुई हजार एक सय २८ माइलको दुरीमा छ । सो बेस क्याम्पसमा अमेरिकाको बायु सेना र नौसेनाका हजारौं अमेरिकी सैनिक हतियारसहित तैनाथ छन् ।

विशेष