News

शिक्षाको चार करोड ७७ लाख बजेट फिर्ता

शिक्षाको चार करोड ७७  लाख बजेट फिर्ता

तेह्रथुम । आर्थिक वर्ष २०७३/७४ मा जिल्ला शिक्षा कार्यालयको रु चार करोड ७७ लाख ३१ हजार बजेट फिर्ता भएको छ ।

कार्यालयलाई अख्तियारी आएको रु ७१ करोड ३१ लाख ३९ हजारमध्ये रु ६६ करोड ५४ लाख सात हजार खर्च भएको जिल्ला शिक्षा अधिकारी कृष्णप्रसाद पोखरेलले जानकारी दिए । गत आवमा ९२ प्रतिशत बेरुजु फछ््र्यौट भएको छ ।

गत आवमा कार्यालयले ३२ वटा सामुदायिक विद्यालयलाई कम्प्युटर, प्रिन्टर, फोटोकपी मेसिनलगायत सामग्री हस्तान्तरण गरेको छ । पन्ध्रवटा विद्यालयलाई विज्ञान प्रयोगशाला, छवटा विद्यालयलाई पुस्तकालय र नमुना विद्यालयका लागि वसन्तपुरस्थित वसन्त माविलाई छनोट गरी रु २९ लाख ५० हजार पूर्वाधार अनुदान उपलब्ध गराएको छ ।

Bufget firta

विशेष