News

सांसदलाई चित्त बुझाएकै कारण गोपाल खड्का निलम्बनमा परेनन्

सांसदलाई चित्त बुझाएकै कारण गोपाल खड्का निलम्बनमा परेनन्

काठमाडौं । नेपालमा आयल निगमको जग्गा खरिद घोटला प्रकरण सडकदेखि सदनसम्म छरपस्ट छ ।

जग्गादेखि संसदीय समितिको एउटै निष्कर्ष छ‘जग्गा खरिदमा करौडौं अनियमितता भएकै हो ।’  सार्वजनिक लेखा समितिले जगा खरिदमा अनियमितता भएको ठहर गर्दै निगमका कार्यकारी निर्देशक गोपाल खड्कामाथि कारबाही गर्न सम्बन्धित निकायलाई सिफारिस गर्‍यो ।

भ्रष्टाचार अभियोग लाग्नासाथ प्रमाण नष्ट गर्नसक्ने भन्दै सम्बन्धित अधिकारीलाई निलम्बन गरेर थप अनुसन्धान गर्ने परम्परा छ । तर, निगमका कार्यकारी दिर्नेशक खड्का नियमित कार्यालय आएर काम गरिरहेका छन् ।

सरकारी अधिकारी र सांसद भन्छन् करोडौं घोटालाको आरोप लागेका खड्का राजनीतिक नेतृत्वको संरक्षणकै कारण अझै निलम्बनमा परेका छैनन् ।’ आपूर्ति मन्त्री शिवकुमार मण्डल भने आफू राजधानी बाहिर रहेको र राजधानी फर्किएलगत्तै खड्कामाथि कारबाही थाल्ने बताए ।

खड्काले झापा, भैरहवा, चिवतन र सर्लाहीमा अनियमितता गरेर कमाउको रकमले उच्च राजनीतिक नेतृत्वलाई चित्त बुझाएकै कारण कारबाही प्रक्रिया अघि बढ्न नसकेको शंका सांसदहरूको छ ।

अन्नपूर्ण 

विशेष