विदेश

तालिबानले अपहरण गरेको २ सय ३५ जनालाई मुक्त गर्यो

तालिबानले अपहरण गरेको २ सय ३५ जनालाई मुक्त गर्यो

काठमाडौं । अफ्गानिस्तानमा तालिवानले उत्तरी क्षेत्रबाट अपहरण गरेका २ सय ३५ जनालाई मुक्त गरेको छ ।

सार ए पल प्रान्तमा मिर्जावालाङ क्षेत्रमा आक्रमण गरी ५० भन्दा बढीको हत्या गरेको भोलिपल्ट उनीहरुलाई छाडिएको अधिकारीहरुले जनाएका छन् ।

तालिवानले भने सर्वसाधारण नभई सुरक्षाकर्मी मारिएको जिकिर गरेको छ । प्रान्तका गर्भनर र स्थानीय आदिवासी नेताबीचको वार्तापछि अपहरण मुक्त गर्न तालिवान सहमत भएको थियो ।

अफगान सुरक्षाकर्मीले अझै पनि सय भन्दा बढी मानिस तालिवानको कब्जामा रहेको उल्लेख गरेको छ । पछिल्लो समय अफगानिस्तानमा तालिवानको गतिविधि बढ्दो छ । तालिवानसँगको संघर्षमा छ महिना यता मात्रै करिब १७ सयको मृत्यु भएको छ ।

विशेष