पारसको संगतबाट जोगाउन ‘राजा’ ज्ञानेन्द्रले नातिनी पूर्णिकाको कलेज बैंककमा छाने
साउन २५ । पोथी सिंहले आफ्नो बच्चा भाले सिंहबाट जोगाउन लुकाउने गरेको त सुनिएको हो , तर मानिसले बाबुबाट सन्तानको रक्षा गराउन लुकाएको भने सितिमिति सुनिँदैन । नेपालको उच्च राजनीति परिवारले बाबुको संगतबाट जोगाउन सन्तानलाई टाढा पुर्याउनु परेको समाचार प्राप्त भएको छ । पूर्व श्री ५ महाराजाधिराज ज्ञानेन्द्र वीर विक्रम शाह अहिले बैंककमा हुनुहुन्छ । छोरा पारसबाहेक पूर्वराजा ज्ञानेन्द्र, रानी कोमल, बुहारी हिमाली र नातिन नातिनी गरी पूर्वराजाका सबै सदस्य अहिले बैंककमा छन् । सपरिवार बैंकक पुग्नुलाई कतिले स्वस्थ्य उपचारका लागि भन्ने अनुमान गरे पनि उहाँहरु त्यो प्रयोजनका लागि बैंक पुग्नु भएको होइन ।
प्राप्त जानकारीअनुशार ‘राजा’ ज्ञानेन्द्र आफ्नी जेठी नातिनी पूर्णिकाको कलेज भर्नाका लागि बैंकक जानु भएको हो । यसैपटक एसइई सकेकी आफ्नाी नातिनी पूर्णिकालाई आफ्नै देशमा पढाउने उहाँको इच्छा थियो, तर समयक्रममा उक्त इच्छालाई मार्दै आफनी अति प्रिय नातिनीलाई बैंककसम्म पुर्याउन उहाँ बाध्य हुनुभएको छ ।
पारिवारिक स्रोतका अनुशार पूर्णिकाका लागि बैंकको फुकेटस्थित ब्रिटिस सम्बद्धता भएको कलेज चयन गरिएको छ । आफूहरु लन्डनमा अध्ययन गरेको भए पनि राजा ज्ञानेन्द्र आफ्ना नाति नातिनीलाई नेपालमै पढाउन चाहनुहुन्थ्यो । सकेसम्म नेपालकै स्वास्थ्य संस्थामा उपचार गर्ने र नेपालकै शिक्षण संस्थामा बच्चाहरु पढाउने पूर्वराजपरिवारको चाहना रहेको बताइएको छ । तर आफ्ना टिनएजर छोराछोरीलाई बाबु पारसले हप्तैपिच्छे डिस्कोमा लिएर जान थालेपछि राजपरिवारमा एकप्रकारको त्रास फैलिएको बताइन्छ । अगुल्टाले हानेको कुकुर बिजुली चम्किँदा तर्सिन्छ भने झै आफनो छोरोको विगतबाट त्रसित बाबुले नातिनातिना कुसंगतमा नलागून भनेर यस्तो निर्णय गर्नु परेको हो ।
बैंककमा अनेक काण्डमा मुछिएर आफूले आफैंलाई चिन्न गाह्रो हुने अवस्थामा नेपाल फर्किएका पारस आफ्ना बाबु, श्रीमती हिमानीसँग टाढिएका भए पनि छोराछोरीसँग नजिक छन् ।
–घटना र विचार साप्ताहिकबाट