युवराज दीपेन्द्रसँग साथ टुटे पनि सकिएन देवयानीको दुःख
साउन २५ । कमल थापासँग साँवा–ब्याजसहित असुल हुने गरी पार्टी फुटाएका पशुपति शमशेरकी छोरीको घरबार टुटेको छ । स्रोतका अनुशार यता थापाको भन्दा धेरै संसाद आफूसँग लिन सफल राणाकी छोरी देवयानीले भने आफैेंले रोजेर बिहे बन्धनमा बाँधिएको पतिलाई ठूलो धनराशी बुझाएर छुटकारा लिएकी हुन् ।
देवयानी उचै चर्चित युवती हुन जोसँग जोडेर २४० वर्षे शाहवंशकै अन्त्य हुने गरी ०५८ सालमा दरबार हत्याकाण्ड भएको थियो । तत्कालनी रानी ऐश्वर्यले पशुपतिपुत्री देवयानीलाई बुहारीका रुपमा स्वीकार्न नमानेपछि तन्किएका अनेकन घटनाक्रमको जगमाथि टेकेर सो दुःखट घटना भएको विश्वास गरिन्छ । तत्कानलीन युवराज दीपेन्द्रसँग प्रेममा परेकी देवयानी सो पीडा र सारा सम्झना भुल्न स्विट्जरल्याण्ड गएकी थिइन् ।
त्यहीँको एक क्लबमा उनको ऐश्वर्य नाम गरेका तर पूरुष जातका एक युवकसँग भेट भयो । बिस्तारै भेटघाट झाँगिदै प्रेमसम्बन्धमा परिणत भएपछि उनले आफूभन्दा पाँच वर्ष कम उमेरका ऐश्वर्य सिंहसँग विवाह गरेकी थिइन् ।
उनी कांग्रेसआइका नेता तथा भारतका पूर्वमन्त्री अर्जुन सिंहका नाति हुन् । तर देवयानीको दोस्रो रोजाई पनि गलत साबित भयो । ऐश्वर्यको अत्याधिक जाँड खाने, मनमौजी गर्दै हिँडने, परस्त्रीगमन गर्ने चारित्रिक कमजोरीका कारण देवयानी पतिसँग बस्न नसक्ने अवस्थामा पुगिन् । उनीहरुबीचको दाम्पत्य जीवन नजमकेकै बेला ऐश्वर्यका हजुरबुबाले मन्त्री रहँदा आर्जन गरेको अवैधानिक सम्पत्ति लुकाएर राखेको मुलुक पोल्याण्डले खाता जफत गर्यो । यसरी अरबौं रकम एकैपटक जफत गरेपछि आर्थिक रुपमा समेत तन्नम बनेका ऐश्वर्यको देवयानीमाथि अत्याचार बढ्दै गएको बताइन्छ ।
देवयानीको मावली ग्वालियरको सिन्धिया घराना भएका कारण उनीहरुको समेत सहयोगमा आजित भएर उनले ऐश्वर्यको माग अनुशार चुलोचौकोबाट अलग गरेको स्रोतले बताएको छ ।
–जनआस्था साप्ताहिकबाट