News

बम र विष्फोटक पदार्थसहित पक्राउ परे तरूण दलका नेता

बम र विष्फोटक पदार्थसहित पक्राउ परे तरूण दलका नेता

गुल्मी। गुल्मीको रेसुङ्गा नगरपालिका–८ खानिगाउँ निवासी ३३ वर्षीय तारा श्रीस बम र विस्फोटक पदार्थसहित पक्राउ परेका छन् ।

रेसुङ्गा नगरपालिका–८ का तरूण दलका सदस्य समेत रहेका उनलार्इ प्रहरीले डेटोनेटर ३३ थान, सुतली बम ४ थान, बारुद १ किलोग्राम र सेफ्टी फ्युज २७ सेमिको १ थान विष्फोटक पदार्थसहित पक्राउ गरेको हो

रेसुङ्गा सोही नगरपालिका–२ तम्घास उदिनढुंगास्थित सडकखण्डमा श्रीस सवार लु। ३२ प ६६०३ नम्बरको मोटरसाइकललाई शनिबार प्रहरीले चेकजाँच गर्दा उनले बोकेको झोलाबाट उक्त बिष्फोटक पदार्थ बरामद भएको हो ।

त्यसैगरी पर्सामा भारतको बिहार पूर्वी चम्पारण थाना रक्सौल–२० मौजे बस्ने २५ बर्षीय महम्मद शमशेरलाई प्रहरीले कटुवा पेस्तोल र गोलीसहित पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले बिरगंज महानगरपालिका–७ राम टोलमा शनिबार राति उनी सवार विआर २२ एम ३२६३ नम्बरको मोटरसाइकललाई चेकजाँच गर्दा मोटरसाइकलको सिट मुनी प्लास्टिकको झोलामा लुकाएको १ नाल कटुवा पेस्तोल र ३ राउण्ड गोली बरामद भएको थियो ।

विशेष