News

एनआरएनए यूकेको अध्यक्षमा फगामी ,उपाध्यक्षमा सुशिला राई विजयी

एनआरएनए यूकेको अध्यक्षमा फगामी ,उपाध्यक्षमा सुशिला राई विजयी

लन्डन । शनिबार रातभरको मतगणनापछि गैर आवासीय नेपाली संघ (एनआरएनए) यूकेको अध्यक्षमा योगुकमार फगामी निर्वा्चित भएका छन । नयां नेतृत्व फगामीको पक्षमा गएको हो । फगामीले १२९८ मत प्राप्त गरे भने उनका प्रतिद्धन्द्धी कृष्ण तिमल्सेनाले ९१२ र हिराधन राईले ५६० मत ल्याएका थिए ।

त्यसैगरि, उपाध्यक्षमा डां प्रेम बहादुर आले, प्रेम गाहामगर, पुनम गुरुङ, ललितकुमार न्यौपाने, शेरबहादुर सुनार र सुशिला राई निर्वा्चित भएका छन् । महासचिवमा राजकुमार त्रिपाठी ९१०४ मत विजयी भए भने उपमहासचिवमा विनय अधिकारी, सचिवमा तारानाथ भण्डारी, नारायण पौडेल ‘गाउंले’ र सुरज मास्के, कोषाध्यक्षमा सचिन श्रेष्ठ, सह९कोषाध्यक्षमा गजेन्द्र गुरुङ निर्वा्चित भएका छन् । युवा संयोजकमा लालबहादुर गुरुङ (एलबीजेड) र कुमार थापा निर्वा्चित भए ।

अर्कराज तिम्सिना, गंगाबहादुर राना, जीतबहादुर रानाभाट, डेबिन्द्र थापा, पवन शर्मा, पवन राई, विमला लिम्बु, मनिष खड्का, मुकेश राना र होमनाथ पौडेल सदस्यहरुमा निर्वा्चित भए ।

निर्वाचन समितिले जनाएअनुसार आइसीसी सदस्यहरुमा कुमारी गुरुङ, जयप्रकाश गुरुङ र शान्ति थापा कुंवर निर्वा्चित भएका छन् ।

 

NRNA UK

विशेष