विश्व आत्महत्या रोकथाम दिवस : आत्महत्याका समाचार दिँदा सचेत हुनुपर्ने
काठमाडौँ । सञ्चारमाध्यमले आत्महत्यासम्बन्धी समाचार प्रकाशन–प्रसारण गर्दा संवेदनसील हुनुपर्नेमा जोड दिइएको छ ।
विश्व आत्महत्या रोकथाम दिवसका अवसरमा आज राजधानीमा मनोविज्ञान सम्प्रदाय नेपाल र साइडडेक्स फाउन्डेशनले आयोजना गरेको ‘आत्महत्या न्यूनीकरणमा मिडियाको भूमिका’ विषयक अन्तक्र्रियामा सहभागिले आत्महत्यालाई पे्ररित गर्ने खालका शीर्षक र समाचारको आशयका समाचार लेख्नबाट बच्नुपर्नेमा जोड दिइएको थियो ।
मनोविज्ञानमा विद्यावारिधि गरेका विजय ज्ञवालीले आत्महत्याका समाचार कहाँ राख्ने, केके कुरा समेट्ने, शीर्षक कस्तो राख्ने भन्ने विषयमा सजक हुनुपर्ने बताए । आत्महत्याबारे खुलेर कुरा नहुँदा र आत्महत्याको सोच, व्यवहार र प्रयासलाई गम्भीरतापूर्वक नलिँदा घटनामा वृद्धि भएको उनको भनाइ छ ।
प्रजनन उमेर समूह (१५–२९)का व्यक्तिको मृत्युको तेस्रोे प्रमुख कारण आत्महत्या रहेको ज्ञवालीले बताइ । विश्व स्वास्थ्य संगठनका अनुसार आत्महत्याको ९० प्रतिशत कारण मानसिक स्वास्थ्य समस्या हो । साठी प्रतिशत आत्महत्या निराशाका कारणले हुने उनको भनाइ थियो ।
विश्व स्वास्थ्य संगठनका अनुसार विश्वमा प्रत्येक वर्ष आठ लाख बढी व्यक्तिले आत्महत्या गर्छन् । साइडडेक्स फाउण्डेशनका अध्यक्ष नरेन्द्र ठगुन्नाका अनुसार आर्थिक वर्ष २०६९–७० देखि २०७३–७४ सम्म नेपालमा २२ हजार ६०७ जनाले आत्महत्या गरेका छन् । गृहमन्त्रालयबाट लिइएको उक्त तथ्यांकमा झुण्डिएर र विष सेवन गरी आत्महत्या गर्नेको संख्या उच्च छ ।
गरिबी, सामाजिक मूल्यमान्यता, मानसिक समस्या, विभिन्न प्राकृतिक विपत्ति, बसाइँसराइ, प्रेममा असफलता लगायतका कारणले आत्महत्याका घटनामा वृद्धि भएको बताइन्छ ।
suicide