News

उपराष्ट्रपतिद्वारा एक महिनाको तलब बाढीपीडितलाई

उपराष्ट्रपतिद्वारा एक महिनाको तलब बाढीपीडितलाई

काठमाडौँ । उपराष्ट्रपति नन्दबहादुर पुनले हालैको प्राकृतिक प्रकोपबाट प्रभावित तथा बाढीपीडित व्यक्तिको सहयोगार्थ यही भदौ महिनाको सम्पूर्ण तलब प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा प्रदान गरेका छन् । 

त्यसैगरी, उपराष्ट्रपतिको कार्यालयका सचिवलगायत सम्पूर्ण कर्मचारी (उपराष्ट्रपतिको सल्लाहकार समूहसमेत) का तर्फबाट पनि कोषमा एक लाख ३२ हजार ३८८ रुपैयाँ ६१ पैसा जम्मा गरिएको उपराष्ट्रपतिको कार्यालयले जनाएको छ । 

nandabahadur pun flood victim vice-president

विशेष