घुस लिएकाे अाराेपमा काठमाडौं जिल्ला अदालतका तामेलदार पक्राउ

काठमाडौं जिल्ला अदालतका तामेलदार सूर्यप्रकाश परियारलार्इ घुस लिएको आरोपमा अख्तियार दुरुपयाेग अनुसन्धान अायाेगकाे टाेलीले पक्राउ गरेकाे छ ।
म्याद तामेल गर्नका लागि सेवाग्राहीसँग घुस माग गरेको उजुरीका आधारमा आयोगको टोलीले परियारलाई अाइतबार पक्राउ गरेको हो । सेवाग्राहीसँग ३५ हजार लेनदेनको कुरा भइरहेकै बेला उनलाई पक्राउ गरिएको अख्तियारका अधिकारीहरुले जनाएका छन् ।
Aktiyar