News

५५ बर्षमा झुमाकुमारीले गरिन् १२ कक्षा पास

५५ बर्षमा झुमाकुमारीले गरिन् १२ कक्षा पास

काठमाडाै‍ । अध्ययन गर्न उमेर बाधक हुँदैन ।  ईच्छाशक्ति भएमा जुनसुकै उमेरमा पनि औपचारिक पढाईमा सफल हुन सकिन्छ भन्ने उदाहरण हुन् बनेकी छिन्, झुमाकुमारी लिम्बु झुमा सुब्बा ।

१९ बर्षको उमेरमा कक्षा ५ पढ्दै गर्दा छुटेको उनको विद्यालय शिक्षा ५३ बर्षमा आएर पुरा भएको छ । हालै सार्वजनिक भएको कक्षा १२ को परीक्षाफलमा उनी द्धितीय श्रेणीमा उत्तीर्ण भएकी छिन् ।

विभिन्न परिस्थितिले बाल्यकालमै पढाई छुटे पनि उनको अध्ययनप्रतिको लगाव यथावतै थियो । अध्ययनलाई निरन्तरता दिने चाहनाकै बीच २०४० सालमा १९ बर्षको उमेरमा ईन्जिनियर विजय सुब्बासंग बिहे भयो ।

बिहेपछि परिवारिक जिम्मेवारी र सन्तानको स्याहारसुराका कारण उनको पढाई छुट्यो ।

नागरिक

विशेष