विश्वमा ट्वाइलेट प्रयोगकर्ता भन्दा मोबाइल प्रयोगकर्ता २ अर्बले बढी, यस्तो छ तथ्यांक
काठमाडौं । विश्वको जनसंख्या ७ अर्बको हाराहारीमा छ । तर संसारमा मोबाइल प्रयोगकर्ताको संख्या ६ अर्ब रहेको छ तथ्यांक सार्वजनिक भएको छ ।
यो संख्या संसारमा ट्वाइलेट प्रयोगकर्ताको भन्दा करिब २ अर्ब ज्यादा हो । संसारमा ट्वाइलेट प्रयोगकर्ताको संख्या अहिले ४ दशमलब ५ अर्ब रहेको हालै सार्वजनिक एक तथ्यांकले जनाएको छ । जुन मोबाइल प्रयोग कर्ता भन्दा निकै कम छ ।
२ दशमलब ५ अर्ब मानिसमा सामान्य सरसफाइको ज्ञान पनि नभएको तग्यांक युएनले हालै सार्वजनिक गरेको हो ।
भारतमा मात्रै उक्त संख्याको ६० प्रतिशत रहेको जनाएको छ ।