ट्रम्पले मेक्सिकोको सीमामा लगाउने पर्खालको नमुना बनाउन चार कम्पनी छानिए
एजेन्सी । ट्रम्प प्रशासनले राष्ट्रपतिले ठूलो प्रचार प्रसार गरेको मेक्सिकोसँगको सीमामा लगाउने भनेको सीमा पर्खालका लागि कंक्रिटको नमूना बनाउन चार कम्पनी चुनिएका छन् ।
मेक्सिको पर्खाल राष्ट्रपति ट्रम्पले दिएका पाँच कार्यकारी निर्देशनमध्ये एक हो जसले दुवै मुलुकमा विरोध निम्त्याएको छ ।
अमेरिकी सीमा गस्तीका प्रमुख तथा डेपुटी कमिशनर रोनाल्डो भिटीएलोले प्रेस सम्मेलनमा भने अनुसार अलाबामा, एरिजोना, टेक्सस र मिसिसिपिका कम्पनीहरुसँग सम्झौता गरिएको छ ।
चार कम्पनीहरु हरेकलाई पाँचलाख डलरसम्म तिरेर तीस फुट लामो कंक्रिटको नमूना सीमा पर्खाल बनाइने भएको छ ।
चुनावी प्रचार प्रसारका बेला ट्रम्पले पर्खाल अमेरिकाले बनाउने र पैसा मेक्सिकोलाई तिराउने भनेका थिए ।
नमूना पर्खाल स्यानडियागो क्यालिफोर्नियामा बनाइने भएको छ ।