News मुख्य समाचार

तीन मन्त्रीले लिए सपथ

तीन मन्त्रीले लिए सपथ


काठमाडौं । सरकारका नवनियुक्त तीन मन्त्रीले पद तथा गोपनियताको सपथ लिएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) का तर्फबाट सरकारमा थपिएका तीन मन्त्रीहरुले शीतल निवासस्थित राष्ट्रपति कार्यालयमा आयोजित एक समारोहका बीच सपथ ग्रहण गरेका हुन् ।

राप्रपा प्रजातान्त्रिकका तर्फबाट मन्त्रिपरिषद्मा प्रवेश पाएका नवनियुक्त विज्ञान तथा प्रविधि मन्त्री दीपक बोहोरा, वन मन्त्री विक्रम पाण्डे र उद्योगमन्त्री सुनीलबहादुर थापालाई राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार बिहान सपथ ग्रहण गराएकी हुन् ।

उद्योग राज्यमन्त्रीको जिम्मेवारी पाएका रेशम लामाले पनि आजै सपथ लिने कार्यक्रम छ । उनको सपथ भने सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा हुनेछ ।

देउवाले आफ्नो जम्बो मन्त्रिपरिषद्मा तीन मन्त्री र एक राज्यमन्त्री थप गर्दै आइतबार मन्त्रिपरिषद् विस्तार गरेका थिए । मन्त्रिपरिषद् विस्तारसँगै देउवाको चर्को आलोचना भइरहेको छ । सरकारमा ३ मन्त्री र १ राज्यमन्त्री थपिएपछि देउवा नेतृत्वको मन्त्रिपरिषद् ५४ सदस्यीय भएको छ ।

विशेष