विदेश

पाकिस्तानमा बन्दुकधारीद्वारा चार जनाको हत्या

पाकिस्तानमा बन्दुकधारीद्वारा चार जनाको हत्या

क्वेटा, पाकिस्तान । पाकिस्तानको प्रहरीका अनुसार अतिवादीहरुको एक आक्रमणमा परी चार सिया मुसलमान मारिएका छन् । 

दक्षिणपश्चिमी बलुृचिस्तान प्रान्तको क्वेटानजिकै रातभर भएको गोली प्रहारमा चार व्यक्तिको मृत्यु हुनुको साथै अन्य दुई जना घाइते भएका प्रहरी अधिकारी मोहमद खानले सोमबार जानकारी दिएका छन् । 

मारिएका ती सिया मुसलमानहरु अफगानिस्तान र पाकिस्तानमा अल्पसङ्ख्यक मुस्लिमका रुपमा रहेका सिया हजाराका सदस्यहरु रहेको जनाइएको छ । यस हत्याको हालसम्म कुनै पनि समूहले जिम्मा लिएको छैन । पाकिस्तान र अफगानिस्तानमा बारम्बार सुन्नी मुसलमानहरुबाट सिया मुसलमानमाथि आक्रमण हुने गरेको छ ।

murder

विशेष