विदेश

सेप्टेम्बर ११ का पीडितको सम्झना गर्दै ट्रम्पद्वारा एक मिनेट मौनधारण

सेप्टेम्बर ११ का पीडितको सम्झना गर्दै ट्रम्पद्वारा एक मिनेट मौनधारण

वासिङ्टन (संयुक्त राज्य अमेरिका) । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिकी इतिहासमै दर्दनाक घटना मानिएको सन् २००१ को सेप्टेम्वर ११ मा भएको घटनालाई राष्ट्रपतिका रूपमा सोमबार वासिङ्टनमा आयोजित कार्यक्रममा सहभागी भएका छन् ।

झण्डै तीन हजार अमेरिकी तथा विदेशी नागरिकको मृत्यु हुनेगरी गरिएको आक्रमणमा निधन भएका नागरिकको सम्झनामा वासिङ्टन, न्यूयोर्क, म्यानह्याटन लगायतका ठाउँहरूमा कार्यक्रम गरिएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् । 

वासिङ्टनमा भएको कार्यक्रममा राष्ट्रपति ट्रम्प तथा उनकी धर्मपत्नी मेलानियाले आफ्नो छातीमा हात राखी टाउको निहुराएर मन्द घन्टीको तालमा आक्रमणमा ज्यान गुमाएका नागरिकलाई सम्मान व्यक्त गरेका थिए । 

सोह्रबर्ष पहिले अमेरिकाका छुट्टाछुट्टै स्थान पेन्टागन तथा पेनसिल्विनियामा अलकायदा समूहले विमान अपहरण गरी गरेका आक्रमणमा परी दुई हजार ९९७ जनाले ज्यान गुमाएका थिए । 

रक्षा मन्त्री जिम म्याटिस तथा अमेरिकी सेनाका अध्यक्ष जोसेफ डनफोर्डले सानक्सविलमा छुट्टै कार्यक्रममा सहभागी बनी घटनामा शाहदत प्राप्त गरेका पीडितप्रति सम्मान व्यक्त गरेका छन् । 

विशेष