विदेश

उत्तर कोरियालाई तेल नदिन अमेरिकाको नयाँ प्रस्ताव, किमको सम्पत्ति फ्रिज गरिने

उत्तर कोरियालाई तेल नदिन अमेरिकाको नयाँ प्रस्ताव, किमको सम्पत्ति फ्रिज गरिने


काठमाडौं। उत्तर कोरियाले हाइड्रोजन बमसहितको परमाणु परीक्षण गरेपछि अमेरिकाले नयाँ प्रतिबन्ध लगाउने प्रस्ताव गरेको छ ।

अमेरिकाले उत्तर कोरियाली नेता किम जोङ उनको सम्पत्ति फ्रिज गर्ने तथा उत्तर कोरियामाथि इन्धन प्रतिबन्ध लगाउने प्रस्ताव संयुक्त राष्ट्र संघको सुरक्षा परिषद्मा पेश गरेको हो ।

प्रस्तावमा उत्तर कोरियामा इन्धन पठाउन बन्द गर्ने तथा उत्तर कोरियाबाट कपडा निर्यात बन्द गर्ने उल्लेख छ ।

यस्तै नेता किमको सम्पत्ति फ्रिज गर्ने र उनलाई भ्रमण गर्न नपाउने गरी प्रतिबन्ध लगाउने प्रस्ताव पनि गरिएको छ । अमेरिकाले प्रस्ताव गरेको नयाँ प्रतिबन्धलाई रुस र चीनले साथ दिनेमा भने शंका छ । दुवै देशले उत्तर कोरियमा इन्धन पठाउँदै आएका छन् ।

विशेष