News

कामु प्रधानसेनापतिद्वारा बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षण

कामु प्रधानसेनापतिद्वारा बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षण

काठमाडौं । भाद्र २५ गते रक्षा सचिव श्री श्रीधर सापकोटा र का.मु.प्रधान सेनापति बलाधिकृत रथी श्री बलदेव राज महतद्वारा गत श्रावण महिनामा परेको अविरल वर्षाको कारण आएको बाढीले क्षतिग्रस्त सडक, कलभर्ट तथा बाटोहरु मरामत गरी आगामी असोज २ गते प्रदेश नं.२ मा हुन गईरहेको तेस्रो चरणको निर्वाचनको क्रममा सर्वसाधारण जनताहरुलाई मतदान केन्द्रहरुसम्म पूग्ने पहुँच मार्ग तथा सडकहरु सुचारु गर्न स्थानीय निकायहरुसँगको सहकार्यमा नेपाली सेनाले धनुषा, सप्तरी र रौतहट जिल्लाहरुमा गरिरहेको मरमत कार्यप्रगतिको निरीक्षण गर्नुभएको छ ।

सोही क्रममा वहाँहरुले मध्य पूर्वी पृतना हे.क्वा., धनुषा र मध्य पृतना हे.क्वा., मकवानपुरको समेत निरीक्षण भ्रमण गर्नुभएको हो ।  निरीक्षण भ्रमण समाप्त गरी रक्षा सचिव श्री सापकोटा तथा का.मु.प्रधान सेनापति श्री महत आइतबार काठमाडौं फिर्ता हुनुभएको छ ।

उल्लेखित जिल्लाहरुको भ्रमणको दौरान पूर्वी पृतनापति उपरथी श्री गौरव तण्डुल, मध्य पृतनापति उपरथी श्री प्रभुराम शर्मा र मध्य पूर्वी पृतनापति उपरथी श्री ईश्वर हमाल समेत साथमा रहनुभएको थियो ।

विशेष