News

गुल्मीमा मोटरसाइकल दुर्घटना एकको मृत्यु

गुल्मीमा मोटरसाइकल दुर्घटना एकको मृत्यु

गुल्मी । गुल्मी जिल्लाको रुरु गाउँपालिकामा मोटरसाइकल दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको छ ।

मंगलवार बिहान थानपतीबाट रिडी तर्फ जाँदै गरेको ना १७ प २४८१ नम्बरको मोटरसाइकल रुरु गाउँपालिका –३ पानीटंकी नजिकै दुर्घटना भएको हो ।

दुर्घटनामा मोटरसाइकल चालक रुरु गाउँपालिका ३ का २३ वर्षिय राजु सारुको मृत्यु भएको इलाका प्रहरी कार्यालय रिडीले जनाएको छ । इलाका प्रहरी कार्यालय रिडीका प्रमुख प्रहरी निरिक्षक केशव भट्टराईका अनुसार दुर्घटनामा परी घाइते मोटरसाइकल चालकको रिडीस्थित प्राथामिक स्वास्थ्य चौकीमा उपचारको क्रममा मृत्यु भएको हो । तिव्र गतिका कारण मोटरसाईकल दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

सोही दुर्घटनामा परी मोटरसाइकलमा सवार रुरु ३ का २१ वर्षे इश्वरी राउत घाइते भएका छन् । उनको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको प्रहरीले जनाएको छ । उनीहरु दुबै जना रिडीमा चलिरहेको क्रिकेट हेर्न जान लागेका थिए ।

विशेष