सप्तरी– पर्सा हुलाकी राजमार्गको काम चाँडै शुरु हुने
राजविराज । नेपाली काँग्रेस प्रचारप्रसार समितिका संयोजक रमेश लेखकले हुलाकी राजमार्गको दोस्रो चरणको ठेक्का भइसकेको र सप्तरीदेखि पर्सासम्मको राजमार्ग बनाउने काम पनि चाँडै शुरु हुने बताएका छन् ।
मिडिया सेन्टर सप्तरीद्वारा आज राजविराजमा आयोजित पत्रकार सम्मेलनमा उनले बाढीबाट क्षतिग्रस्त विभिन्न ठाउँका बाटोघाटोसमेत बनाउने कार्यमा काँग्रेस लागिपरेको बताए । नेता लेखकले तराई– मधेस, पहाड तथा हिमालमा बसोबास गर्ने जनताको अधिकार दिलाउने दायित्व काँग्रेसकै काँधमा आएको स्पष्ट गरे ।
post highway saptari-parsa