News अपराध सुरक्षा

दुई किलो चरेशसहित तीन पक्राउ

दुई किलो चरेशसहित तीन पक्राउ

बनेपा । काभ्रेपलाञ्चोकको बनेपाबाट प्रहरीले दुई किलो चरेशसहित तीन जनालाई आज पक्राउ गरेको छ । 

बनेपा नगरपालिका–१४ काक्रेबारी जाने सडकमा नियमित जाँचका क्रममा चितवनका ५३ वर्षीय दीपक लामा र पाँचखाल नगरपालिका–१० का ४४ वर्षीय कान्छा सार्कीलाई बनेपाबाट र लागुऔषध कारोबार गर्ने सोलुखुम्बु घर भई कामपा–१ सीतापाइलामा डेरा गरी बस्ने ३१ वर्षीय ज्ञानबहादुर बस्नेतलाई काठमाडौँबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, धुलिखेलका प्रहरी उपरीक्षक सहकुलबहादुर थापाले जानकारी दिए । 

पक्राउ परेकामध्ये प्रहरीले बनेपाबाट लामा र सार्कीलाई पक्राउ गरेको केही बेरमा नै बस्नेतलाई पक्राउ गरेको हो । उनीहरुलाई लागुऔषध कारोवार ऐनअन्र्तगत मुद्दा चलाइने छ । 

kavrepalanchok

विशेष