सशस्त्रलाई सैन्य ढाँचामा लगिने
काठमाडौं । अर्धसैनिक बल सशस्त्र प्रहरीको सांगठनिक संरचना र पदावधि नेपाली सेनाको ‘मोडालिटी’ मा लैजान गृहकार्य सुरु भएको छ ।
गृह मन्त्रालयले सशस्त्र प्रहरी महानिरीक्षकको पदावधि चार वर्षबाट तीन वर्षमा झार्ने र एआइजीदेखि एसपीसम्मको पदावधिसमेत हेरफेर गरी सेनाको ढाँचामा लैजाने गृहकार्य थालेको स्रोतले बताएको छ ।
गृह मन्त्रालयमा यतिबेला संघीय संरचनामा सशस्त्र प्रहरीको सांगठानिक भूमिका र पदावधिबारे छलफल तीब्र भएको छ । अन्नपूर्ण