News

धादिङमा बस दुुर्घटना, ३१ घाइते ४ को अवस्था गम्भिर

धादिङमा बस दुुर्घटना, ३१ घाइते ४ को अवस्था गम्भिर

धादिङ । पृथ्वी राजमार्ग अन्र्तगत धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा नं ५ विशालटारस्थित घोप्टेभिरमा यात्रुबहाक बस दुर्घटना हुदाँ ३१ जना घाईते भएका छन् ।

घाईते मध्ये ४ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जानकारी दिएको छ । घाईतेलाई उपचारका लागि काठमाडौँ पठाइएको छ ।

काठमाडौँबाट नवलपरासीको त्रिवेणी जाँदै गरेको लु १ ख ६६२३ नम्बरको बस सोमबार राती २ बजे तीब्र गतिका कारण आफै अनियन्त्रित भई दुर्घटना भएको हो । बसमा ४४ यात्रु थिए ।

धादिङमा सोमबार बिहान पनि ट्रक दुर्घटनामा परी १ जनाको मृत्यु र ३ जना घाईते भएका थिए ।

विशेष